• बिहीबार, भाद्र २६,२०८२ 11:17:15
Global IME Bank Limited

नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन

Hyundai Nepal
नेपाल चेम्बर अफ कमर्शको ऊर्जा  समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन

काठमाण्डौ । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । कमर्शले बुधबार गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवी एवं सफल उर्जा उद्येमी पन्तलाई सभापतिमा चयन गरिएको हो ।  

समितिको  सह सभापतिमा सुसन कर्मचार्य र सुवासचन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा  समितिमा ७ जना उर्जा उद्येमी व्यवसायीहरू सदस्य बनेका छन् । जसमा उर्जा उद्यमी कुँवेरमणि नेपाल, आषिश थापा, विश्वप्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन जोशी र प्रज्वल श्रेष्ठ रहेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

समितिले उर्जा क्षेत्रको समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्दै जाने जनाएको छ  ।

काठमाण्डौको जमलस्थिति चेम्बर अफ कमर्शको आफ्नै कार्यालयमा भएको समारोहमा कमर्शका अध्यक्ष कमलेश अग्रवालले समितिका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका  थिए ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.