आईतवार, जेष्ठ ३,२०८३ 12:29:51
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:29:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थमन्त्रीको निर्देशनपछि तात्यो बोर्ड, सामाजिक सञ्जालको निगरानी गर्न अनुगमन समिति बनाउने तयारी

Laxmi Sunrise Bank Limited
अर्थमन्त्रीको निर्देशनपछि तात्यो बोर्ड, सामाजिक सञ्जालको निगरानी गर्न अनुगमन समिति बनाउने तयारी
Shivam Cement

काठमाण्डौ । आज अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेप्सेमा पुगेर धितोपत्र सम्बद्ध ३ वटै नियामक निकायलाई पूँजीबजारको विषयमा सुधार गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रीले खासगरि सेयर बजारमा पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग भएको बिषयमा चासो व्यक्त गरेका थिए ।  

अर्थमन्त्रीले नेप्सेलाई धितोपत्र बोर्डसँग समन्वय गरेर काम गर्न पनि निर्देशन दिएका छन् । यसैबीच धितोपत्र बोर्ड अर्थमन्त्रीको निर्देशनबमोजिक सामाजिक सञ्जालमा भएका अवाञ्छित गतिविधिको निगरानीको लागि छुट्टै समिति बनाउने तयारीमा जुटेको छ । धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारीले दिएको जानकारीअनुसार धितोपत्र बोर्डले सामाजिक सञ्जालमा धितोपत्र बजारका बारेमा हुने गलत गतिविधिमाथि निगरानी बढाएको छ । ‘अब हामीले यसलाई हर्ने छुट्टै समिति बनाउने तयारि गरेका छौं,’ प्रवक्ता अधिकारीले जानकारी दिए ।  

Bizshala
New Office
CG Motors

यस अघि लगानीकर्ताहरुले धितोपत्र बोर्डमा पुगेर सामाजिक सञ्जालको दुरुपयोग गरेर बजार प्रभावित गरेको भन्दै उजुरी दिएका थिए । उक्त विषयमा पनि आज धितोपत्र बोर्डमा छलफल हुने प्रवक्ता अधिाराीले जानकारी दिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

धितोपत्र ऐनले दफा ९५ र ९६ मा सेयर खरिद बिक्रीमा प्रभावित गर्ने विषयलाई गैर कानूनी भनेको छ । त्यस्ता गैरकानूनी कार्यको संलग्न भएको प्रमाणित भएमा के कस्तो दण्ड र जरिवाना हुने समेत दफा १०१ मा व्यवस्था गरेको छ । ऐनको दफा १०१ को दण्ड सजाय सम्बन्धी व्यवस्थाको (२) मा “दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिबाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।  

यस्तै त्यस्तो काम कारबाहीबाट कसैलाई हानी नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराई दिनु पर्ने उल्लेख छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.