काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २३७.४२ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता २८४.९० रुपैयाँ कायम थियो । आइतबार यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।
कम्पनीले गत आव २०८०/८१ का लागि २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी असोज १८ गते आयोजना हुने कम्पनीको नवौं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                