बिहीबार, असार ११,२०८३ 03:14:13
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:14:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल लाइफको गण्डकी प्रदेश स्तरीय तालिम कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
नेपाल लाइफको गण्डकी प्रदेश स्तरीय तालिम कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेश स्तरीय Underwriting & IT Upskilling Training कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम पोखरामा रहेको होटल पोखरा भिलेजमा सम्पन्न गरेको हो । 

गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारी सभापति रहेको उक्त तालिम कार्यक्रम गण्डकी प्रदेशका अपरेशनल इन्चार्ज बिष्णु बहादुर अधिकारीले सञ्चालन गरेका थिए भने कार्यक्रममा कम्पनीको गण्डकी प्रदेश अन्तर्गतका १९ वटै शाखा÷उपशाखा कार्यालयका सम्पुर्णजसो कर्मचारीको उपस्थिति रहेको थियो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका आइटी विभाग प्रमुख शरद चन्द्र प्याकुरेल तथा अन्डरराइटिङ विभाग प्रमुख सुलक्षणा अधिकारीले अन्डरराइटिङ तथा आइटी सम्बन्धि बहुआयामिक पक्षका अवसर, चुनौती तथा नियामकीय प्रावधानका बारेमा सहभागीहरुलाइ प्रशिक्षण प्रदान गरेका थिए।  

New Office
CG Motors
Garima Development Bank

तालिम कार्यक्रममा गण्डकी प्रदेश कार्यालयले आव २०८०/८१ को कार्यसम्पादनको आधारमा प्रदेशभरका शाखा/उपशाखा कार्यालयहरु मध्ये बाट KPI Achiever, FPI Target Achiever, Incentive Target Achiever, Top 3 लगायतका बिधामा उत्कृष्ट शाखाहरुलाइ सम्मान गरिएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तालिम कार्यक्रमका सभापति, गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीका अनुसार कम्पनीले आयोजना गर्ने यस्ता प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको बृत्तिबिकासमा सहयोग पुग्ने, कार्यसम्पादनका दौरानमा आइपर्ने चुनौतीहरुको व्यवस्थापन गर्न सहयोग हुने तथा समग्र कम्पनीले दिने सेवा प्रवाहमा उल्लेखनीय प्रगति हुने बिश्वास प्रदेश कार्यालय पोखराले लिएको जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.