बिहीबार, असार ११,२०८३ 03:14:09
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:14:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईएमई लाइफले ल्यायो बेस्ट टर्म लाइफ जीवन बीमा योजना, के छन् विशेषता ?

Laxmi Sunrise Bank Limited
आईएमई लाइफले ल्यायो बेस्ट टर्म लाइफ जीवन बीमा योजना, के छन् विशेषता ?

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्सले बेस्ट टर्म लाइफ जीवन बीमा योजना नामको नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ ।  

अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

New Office
CG Motors
Garima Development Bank

१८ वर्षभन्दा माथिका व्यक्तिहरुले न्यूनतम बीमाङ्क रु ५० हजार राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, बिभिन्न पेशागत व्यक्तिहरु, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत उल्लेख गरिएको छ ।  

विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, बिभिन्न २१ घातक रोगबिरुद्धको रक्षावरणसहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने ब्यवस्था कम्पनीले गरेको छ । साथै बीमा शुल्कको भुक्तानी बीमितको इच्छाअनुसार एकैपटक वा नियमित रुपमा तिर्न सकिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइनबाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्तामार्फत सहज तरिकाले लिन सकिने ब्यहोरा कम्पनीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

खासगरी बीमा दाबी प्रक्रियामा सरलता ल्याई छिटो दाबी भुक्तानी गर्दै आएको र पारदर्शीतालाई आफ्नो मूल मन्त्र मानेर काम गर्ने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनमानसमा विद्यमान रहेको विश्वासलाई आफ्नो सफलताको कारण मान्ने गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.