बिहीबार, असार ११,२०८३ 03:15:57
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:15:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको  ज्ञान र क्षमता विकास गर्ने उद्देश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  

‘म्यानेजिङ सेल्फ एण्ड रिलेसनशिप’शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत अफिसर फ्रन्ट अफिसमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका  प्रशिक्षकहरूले  प्रदान गरेको उक्त प्रशिक्षण,कर्मचारीहरूका लागि कार्यस्थलमा आफ्ना सहकर्मीहरू र अन्य आन्तरिक तथा बाह्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम गरी उत्कृष्ट कार्यसम्पादन गर्ने र उक्त कार्य गर्नमा आफूमा के–कस्ता परिवर्तनहरू ल्याउन आवश्यक पर्छ भन्ने विषयमा केन्द्रित रहेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणमा प्रदान गरिएको ज्ञान तथा सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्न,कर्मचारीहरूबीच सुमधुर सम्बन्ध कायम राख्न,व्यक्तिगत मूल्य र मान्यताको कदर गर्नुका साथै कर्मचारीको कार्यदक्षता वृद्धि तथा विकाश हुने विश्वास व्यक्त गरे ।  

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले १७० शाखा तथा उपशाखाहरु, तथा१ ८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख ५० हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.