IME remit
  • सोमबार, कार्तिक ३,२०८२ 12:47:40
IME remit
Global IME Bank Limited

इलिअट वेभको आधारमा यी हुन अबका बजारका २ विकल्प, कस्तो रहला अबको यात्रा ?

Hyundai Nepal
इलिअट वेभको आधारमा यी हुन अबका बजारका २ विकल्प, कस्तो रहला अबको यात्रा ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन सेयर  कारोबार भयो । ५ दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो  । अघिल्लो साता २ हजार ६७५.५१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७४८.७८ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता ७३.२७ अंकले बजार बढ्यो । अघिल्लो साता जम्मा २ दिनको कारोबारमा २ अंकले मात्रै बजार घटेको थियो ।  

यो साता ५ दिनको कारोबारमा ४७ अर्ब १७ करोडबराबरको कारोबार भयो । अघिल्लो साता २ दिनको कारोबारमा ९ अर्ब ४२ करोडबराबरको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता दैनिक औषत ९ अर्ब ४३ करोडबराबरको सेयर कारोबार भयो ।  

अघिल्लो साता भने करिब ४ अर्ब २१ करोडको  दैनिक औषत कारोबार भएको थियो । यस हिसाबले यो साता बजार बढ्दा सेयर कारोबार र सूचक दुवैमा बढोत्तरी आएको छ । यो साता नेप्सेमा बजार पूँजीकरण ४३ खर्ब ७६ अर्ब पुगेको छ । अघिल्लो साता यस्तो बजार पूँजीकरण ४२ खर्ब ५९ अर्ब थियो । यस हिसाबले यो साता बजार बढ्दा बजार पूँजीकरण १ खर्ब १७ अर्बले बढ्यो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

प्राविधिक पक्षः  

इलिअट वेभः

इलअिट वेभमा वभिन्नि डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय बर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलअिट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने ५ वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

इलिअट वेभ मार्फत बजारको अहिलेको अवस्था नियाल्दा बजारको २ वटा विकल्प देखिन्छ । पहिलो विकल्प भनेको बजार ३ हजारबाट २४४० विन्दु सम्म आउँदा नै एबीसी करेक्सन सकियो भन्न हो  । अब नयाँ वेभ सुरु हुँदै छ जुन भनेको वेभ १ मा बजार २ हजार ७८३  सम्म पुग्यो । वेभ २ को करेक्सनमा २ हजार ६०० विन्दुसम्म , वेभ ३ मा  ३ हजार २ सय विन्दुसम्म ,  ४ वेभमा करेक्सन भएर २ हजार ९६० विन्दुसम्म र पाँचौ वेभमा बजार ३ हजार ६०० विन्दुसम्म पुग्न पनि सक्छ ।

वैकल्पिक रुपमा यदि बजार २ हजार ८६० भन्दा माथि लाग्दैन भने बजारमा करेक्सन बाँकी नै रहेको बुझ्न सकिन्छ । त्यो अवस्थामा ३ हजार देखि २४४० विन्दुसम्म वेभ ‘ए’ र हालको बढोत्तरी वेभ ‘बी ’ र अब ‘सी ’ वेभ चल्दा बजार ‘सी ’ भित्र पनि १ देखि ५ वेभ बनाँउदै बजार फेरी २ हजार ५ सय विन्दुसम्म पनि आउन सक्छ । तर यो सम्भावना भने निकै कम देखिन्छ । यो भनेको बैकल्पिक रुपमा बजारमा निकै खराब अबस्थामा हुन सक्ने प्रक्षेपण मात्रै हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

इचिमोकूको आधारमा  

जापानिज इन्डिकेटर ‘इचिमोकु’ क्लाउडअन्तर्गत आज नेपालको सेयर बजार चार्टमा बुलिस क्रसओभर देखिएको छ ।  

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो।  

यो इन्डिकेटरको आधारमा हाल बजार क्लाउडको पोजिसन भन्दा माथि नै चलेको छ । बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काटेर बुलिस क्रसओभर बनाएको छ । यद्यपि क्लाउडको पोजिसन भने हालसम्म पनि रातो नै रहेको छ । समग्रमा इचिमोकूबाट बजारलाई नियाल्दा बजार हालसम्म बुलिस नै रहेको देखिन्छ ।  

 

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३०७३

प्रतिरोध २ – २९२७

प्रतिरोध १–  २८०२

पिभट प्वइन्टः २६५६

घटेमा सपोर्ट  

सपोर्ट १– २५३१

सपोर्ट २– २३८५

सपोर्ट  ३ –२२६०

निष्कर्षः   साप्ताहिक रुपमा बजारलाई नियाल्दा अघिल्लो साता सामान्य घटेको बजारले यो साता राम्रै रिकभरी लिएको छ । यो साता कारोबार तथा भोल्युम र सूचकमा पनि सुधार आएको छ  । यद्यपी यो साता बजारले २ हजार ७८० को विन्दुमा कडा प्रतिरोध सामना गरेको छ । करिव ४ साता अगाडि पनि बजारले यहि विन्दुमा प्रतिरोध सामना गरेको थियो । साप्ताहिक रुपमा यो साता १० हप्ता पछि बढि भोल्युम आएको छ । यसकारण दशैं पछाडि बजारमा केही सुधार हृँदै गरेको देखिन्छ । क्षेत्रगत रुपमा हेर्दा यो साता बिकास बैंक , वित्त , जलविद्युत , लघुवित्तमा राम्रै बढोत्तरी देखियो भने बाँकी समूहमा सामान्य बढोत्तरी रह्यो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.