IME remit
  • शुक्रबार, कार्तिक १४,२०८२ 04:24:43
IME remit
Global IME Bank Limited

मन्दाकिनी हाईड्रोपावर १८.१२% ले नाफा बढाउन सफल, कति छ ईपीएस ?

Hyundai Nepal
मन्दाकिनी हाईड्रोपावर १८.१२% ले नाफा बढाउन सफल, कति छ ईपीएस ?
Shivam Cement

काठमाण्डौ । मन्दाकिनी हाईड्रोपावर कम्पनी लिमिटेडको आम्दानी र नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २ करोड ८२ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १८.१२ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले २ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

कम्पनीले विद्युत बिक्रीमार्फत ४ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.६९ प्रतिशतले बढी हुन आउछ । कम्पनीले यो अवधिमा ७६ लाख २८ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ ।  

खर्च नियन्त्रण गर्न पनि कम्पनी सफल देखिएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ करोड ७९ लाख रुपैयाँबराबरको कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १ करोड ६३ लाख खर्च गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

६१ करोड ५९ लाख रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले अन्य इक्वीटी शीर्षकमा ६ करोड ५३ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको कुल चालु सम्पत्ति ११ करोड १२ लाख रुपैयाँ र कुल चालु दायित्व ६५ लाख ५६ हजार रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)४.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.६० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११८.८७ रुपैयाँ कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.