बिहीबार, बैशाख ३१,२०८३ 04:58:27
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:58:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनसेल फाउन्डेसन र आइसिटी अवार्ड २०२४ बीच सहकार्य

Laxmi Sunrise Bank Limited
एनसेल फाउन्डेसन र आइसिटी अवार्ड २०२४ बीच सहकार्य
Shivam Cement

काठमाण्डौ ।  एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरुको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो ।

योसँगै आइसिटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोटेर्ड बाई पार्टनरको रूपमा आवद्ध भएको छ । यो सहकार्यको उद्देश्य आइसिटीमा भएको विकासलाई सम्मान गर्दै यसको प्रवर्धन, सूचना प्रविधि क्षेत्रमा महिलाहरुलाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु रहेको छ ।

Bizshala
New Office
CG Motors

नवौं संस्करणको इन्ड्राइभ आइसिटी अवार्ड २०८१ सपोटेर्ड बाई एनसेल फाउन्डेसनको ग्राण्ड फिनाले आगामी पुस ५ गते हायात रिजेन्सी काठमाण्डौमा आयोजना हुँदैछ । उक्त कार्यक्रममा डिजिटल विकासलाई बढावा दिदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पुर्याएका विभिन्न संस्था, स्टार्टअप र व्यक्तित्वहरूलाई विभिन्न १४ विधामा आइसिटी अवार्ड प्रदान गरिने छ ।

‘हामी आफैपनि विगत लामो समयदेखि यो क्षेत्रमा काम गरेर डिजिटल डिभाइडको ग्यापलाई घटाउन काम गर्दै आईरहेको संस्था हो । डिजिटल रुपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरुको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाएकोमा खुसी छौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

Garima Development Bank
Shivam Cement
IME remit

सूचना प्रविधि क्षेत्रमा महिलाहरको सहभागिता बढाउन प्रोत्साहन गर्न एनसेलले विगत ४ वर्षदेखि आइसिटी अवार्डमार्फत ‘एनसेल वुमनआइकन आइसिटी अवार्ड’ समेत प्रदान गर्दै आएको छ । यो वर्ष पनि एनसेल फाउन्डेसनल ेसूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलाहरूको सम्मानमा आइसिटी अवार्डसँग मिलेर ३ लाख रूपैयाँ नगदसहितउक्त सम्मान गर्नेछ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.