टिभिएस नेपालले ल्यायो ‘नयाँ युगको आरम्भ’अफर, १० लाखसम्म जित्ने मौका
काठमाण्डौ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’नामको विशेष योजना सार्वजनिक गरेको छ ।यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भाद्र महिनाबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ ।

