सुन हालसम्मकै महङ्गो, कति पुग्यो एक तोलाको मूल्य ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला १८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

