आम्दानी घटेसँगै हिमालयन डिष्टिलरीको नाफामा ४६.५५% को गिरावट, रिजर्भ पनि २७.४९% ले घट्यो
काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ४६.५५ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आव २०८०/८१ को चौथो त्रैमाससम्म ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बिक्री आम्दानी पनि २९.९३ प्रतिशतले घटेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ९७ करोड रुपैयाँबाट घटेर २...

