आज अधिकांश एशियाली सेयर बजारको राम्रो सुरुवात, अमेरिकी बजार पुनः नयाँ उचाईमा
काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको थालनी गरेका छन् । आज हङकङको हाङसेङ इन्डेक्स २.३५ प्रतिशतले बढेको छ । यस्तै चीनको सेयर बजार सीएसआई३०० पनि १ प्रतिशतले बढेको छ । चीनको केन्द्रीय बैंकले सात दिने रिभर्स रिपर्चेज रेट १.७ देखि १.५ प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै चीनको सेयर बजार वृद्धि भएको छ । यस्तै चीनको केन्द्रीय बैंकले लोन प्राइम रेट पनि...

