सानिमा माई हाईड्रोको सेयरमूल्य समायोजन
काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडलेको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
TRENDING
काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडलेको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत पुस ५ गतेदेखि कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो।संस्थाको चुक्ता जारी पूँजीको ८०.३२ प्रतिशत स्वामित्व संस्थापक समूहको भएको र १९.६८ प्रतिशत सर्वसाधारण...
काठमाण्डौ । आज नेप्स परिसूचक करिब २९ अंकले बढेर बन्द भएको छ । आज बजारमा ४ अर्ब ४३ करोड माथिको करोबार भएको छ । प्राविधिक रुपमा आजको बढाईले बुलिस मारुबुजु क्यान्डल बनेको संकेत गरेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा तल्लो ब्यान्डमा सपोर्ट लिएको देखिन्छ । अघिल्लो कारोबारहरुमा बनेका दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बजारमा तल्लो...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २४ करोड ५२ लाखको खरिद भएको छ भने २० करोड ९२ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियलबाट १७ करोड ६६ लाखको खरिद भएको छ भने १४ करोड ९० लाखको बिक्री भएको छ ।
काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनी मध्ये एक हो । विस २०६७ सालमा स्थापित यस कम्पनीले ओखलढुङ्गाको मोलुङ खोलामा ७ मेगावटको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ । यो कम्पनी सानो पूँजी भएको कम्पनी हो । आधारभूत पक्षः यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी ८० करोड २५ लाख रुपैयाँ रहेको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले आफ्नो ४३ औं वार्षिक साधारण सभा डाकेको छ । नेप्सेको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते काठमाण्डौमा रहेको नेप्सेको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको ८९ लाख ८ हजार ८५१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज म्युचुअल फण्ड उपसूचकबाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.७३...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.११ प्रतिशत अर्थात २८.९१ अंकले बढेर २ हजार ६१२.२० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेर ४४६.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ८९ लाख ८ हजार ८५१ कित्ता सेयर ४ अर्ब ४३ करोड...
काठमाण्डौ । गुडविल फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३० औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी पुस २९ गते काठमाण्डौको हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले आव। २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफासमेत बाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०/८१ सम्मको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार स्थगन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुस ८ गते संस्थाको कारोबार स्थगन गर्ने निर्णय गरेको हो । संस्थाको पुस ७ गते गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठक ले गत आव २०८०/८१ को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो । तर सोको जानकारी नेप्सेमा अर्को दिन अर्थात पुस ८ गते साढे १२ बजे कारोबार...
काठमाण्डौ । तीन महिनाको अवधिमा दोश्रो बजार मूल्य सत्प्रतिशतभन्दा बढीले वृद्धि भई केही करेक्सन व्यहोरेको जानकी फाइनान्स नेप्से परिसूचक साइडवेजमा चलिरहँदा समेत अपर ट्रेण्ड समातेर कुदिरहेको छ । पहिला खेलाडीले चलाएको यो स्क्रिप्टमा पछिल्लो समय अन्य लगानीकर्ताले समेत ध्यान दिइरहेका पाइएको छ । बजारमा नेपाल फाइनान्ससँग तुलना गरेर जानकी फाइनान्सको मूल्य माथि उठ्न सक्ने भन्दै...
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले दुई आवको साधारण सभा एकैपटक आयोजना गर्ने भएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको २७ औं र २८ औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी पुस २९ गते ललितपुरमा रहेको ज्यापु प्रज्ञा भवनमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । संस्थाले गत आवका लागि सेयरधनीलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशको कुनैपनि...
काठमाण्डौ । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको हो ।
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । पुस ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको १६ औं साधारण सभा धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा दिनको साढे १२ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा एफपीओ निष्कासन गर्ने,संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई...
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा सुरेश गुरागाईं नियुक्त भएका छन् ।
काठमाण्डौ । साना तथा मझौला संगठित संस्था(एसएमई)को धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ अन्ततः बन्ने भएको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो नियमावली बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको हो । एसएमईको नियमावलीको मस्यौदा स्वीकृतिका लागि धितोपत्र बोर्डले डेढ वर्षअघि अर्थ मन्त्रालयमा पेस गरेको थियो । तर नयाँ अध्यक्ष आएपछि अध्यक्ष नै...
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । पुस ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको छौठौं साधारण सभा पोखरामा रहेको होटल दिपसागरमा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा संस्थाको ठेगाना परिवर्तन,प्रबन्धपत्र तथा नियमावलीमा समसामायिक थप÷संशोधन गर्ने विशेष प्रस्ताव पारित...
काठमाण्डौ । नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको पुस २५ गते बसेको सञचालक समितिको बैठकले आईपीओको प्रस्तावसहित आगामी पुस २८ गते नगरकोट रिसोर्टमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.