काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको ८९ लाख ८ हजार ८५१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
आज म्युचुअल फण्ड उपसूचकबाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.७३ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.११ प्रतिशतले बढेको छ । आज १९ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सन नेपाल लाइफ रहेको छ ।
कम्पनीको सेयरभाउ १.७७ प्रतिशतले बढेर ६३३ रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको १.५७ प्रतिशत, आइएमई लाइफको १.३० प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.२३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.२३ प्रतिशत, हिमालयन रि को १.११ प्रतिशत, सानिमा जिआइसीको १.०६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०५ प्रतिशत, एलआइसी नेपालको १.०४ प्रतिशत, सलिकोको १.०१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.९८ प्रतिशत, हिमालयन लाइफको ०.९० प्रतिशत, शिखरको ०.६२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५७ प्रतिशत, नेपाल लाइफको ०.५३ प्रतिशत, सुर्यज्योति लाइफको ०.४५ प्रतिशत, युनाइटेड अजोडको ०.३२ प्रतिशत, सिटिजन लाइफको ०.१८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१० प्रतिशत र नेशनल लाइफको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.९५ प्रतिशतले घटेर ६२४ रुपैयाँ कायम भएको छ । त्यस्तै, एशियन लाइफको ०.८४ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.७६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.१३ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                