शुक्रबार, श्रावण १,२०८३ 01:59:09
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:59:09
Bizshala
Global IME Bank Limited

बलेफी हाईड्रोपावरको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

बलेफी हाईड्रोपावरको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर २७ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको छ ।  

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।  

लगानीकर्ताले एनआईएमबी एस क्यापिटल,कुमारी बैंक जलविरे शाखा,जुगल शाखा, र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

हकप्रदबाट प्राप्त रकम विभिन्न ऋण तथा आयोजना निर्माणमा संलग्न ठेकेदार तथा बिक्रेताहरुको भुक्तानी गर्न उपयोग गरिने कम्पनीले जनाएको छ ।  

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति पुस १७ गते रहेको छ । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।  

हकप्रद निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत कात्तिक ४ गते अनुमति पाएको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.