बलेफी हाईड्रोपावरको स्थगित साधारण सभा पुनः डाकियो
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको स्थगित साधारण सभा पुनः डाकिएको छ । पुस २९ गतेका लागि बोलाइएको कम्पनीको १४ औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ ८ गतेका दिन काठमाण्डौको गौशालामा रहेको होटल कृष्टलमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।

