काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सरोज कुमार मिश्र नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिश्रलाई रिक्त रहेको कम्पनीको अध्यक्ष पदमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका अध्यक्ष विदुर पुरीले राजीनामा दिएसँगै कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो । पुरीले गत चैत १९ गते राजीनमा दिएका थिए ।

