काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २२ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १८ करोड १४ लाख रुपैयाँ घाटामा रहेको थियो ।
विद्युत बिक्री आम्दानीमा आएको सुधार वित्त खर्चमा भएको कटौतीका कारण कम्पनी नाफामा फर्किएको हो ।
कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ६३ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत ३९ करोड ७३ लाख आर्जन गरेको थियो । यसरी कम्पनीको विद्युत बिक्री आम्दानीमा ६०.३५ प्रतिशतको सुधार देखिएको छ ।
अघिल्लो आवमा ३ लाख ४८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ७ करोड ३४ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको रिजर्भको आकार ७० करोड बढीले रुपैयाँले ऋणात्मक छ । कम्पनीको अल्पकालिन कर्जा १२ लाख ६३ हजार र दीर्घकालिन कर्जा ५ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १२.४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८०.८५ रुपैयाँ कायम भएको छ ।

