पञ्चकन्या माई हाईड्रोले कमायो ३५.२४ लाख खुद नाफा, कस्तो छ अन्य सूचकको अवस्था ?
काठमाण्डौ । पञ्चकन्या माई हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ३५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी १ करोड २५ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी ३.३३ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ३६ करोड २१ लाख रुपैयाँ कमाएको छ ।...

