नेप्से २७ सय विन्दु पार, २० मिनेटमै २ अर्ब बढीको कारोबार
काठमाण्डौ । नेप्से परिसूचक २७ सय विन्दु पार पुगेको छ । कारोबार खुलेको केही मिनेटमा नै ५६ अंकले बढेर नेप्सेले २७ सय विन्दु पार गरेको हो । आज नेप्से परिसूचक प्रि–ओपन सेसनमा ०.९३ प्रतिशत अर्थात २५.१६ अंकले बढेको थियो । प्रि–ओपन सेसनमा वृद्धिका साथ कारोबारको थालनी गरेको नेप्सेमा कारोबार खुलेको केही मिनेटमा ५६ अंकको वृद्धि देखिएको थियो । नेप्से परिसूचक २७ सय ३७ विन्दुसम्म...

