कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा...

