अभियान लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असार ६ गते काभ्रेपलाञ्चोकको ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा नेपाल राष्ट्र बैंक,कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका नियमनकारी निकायबाट...

