दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ। नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूह बाहेक सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

