काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ। नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूह बाहेक सबै समूह राताम्य भएका छन् ।
बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.४६ प्रतिशत र निर्जीवन बीमा समूह १.५२ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज दुई बीमा कम्पनीको सेयरभाउ भने बढेको छ । एनएलजी इन्स्योरेन्सको सेयरभाउ २.३५ प्रतिशतले बढेर १३०५ रुपैयाँ पुगेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरभाउ ०.२४ प्रतिशतले बढेर ७७९.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.०१ प्रतिशतले घटेर १००० रुपैयाँ कायम भएको छ । यसका साथै आइएमई लाइफको २.९५ प्रतिशत, नेशनल लाइफको २.९४ प्रतिशत, सुर्यज्योति लाइफको २.८६ प्रतिशत, नेपाल लाइफको २.८२ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.५४ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.४४ प्रतिशत, सिटिजन लाइफको २.४१ प्रतिशत, हिमालयन एभरेष्टको २.३२ प्रतिशत, सन नेपाल लाइफको २.३१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको २.२६ प्रतिशत, शिखर इन्स्योरेन्सको २.१२ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.०५ प्रतिशतले सेयरभाउ घटेको छ ।
त्यस्तै, हिमालयन लाइफको २.०४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.०३ प्रतिशत, एलआइसी नेपालको १.९३ प्रतिशत, रिलायबल नेपाल लाइफको १.७५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.४४ प्रतिशत, एशियन लाइफको १.४० प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.२३ प्रतिशत, नेको इन्स्योरेन्सको १.०८ प्रतिशत र युनाइटेड अजोडको १.०८ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                