अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएकै दिन घट्यो नेप्से, जानकार भन्छन्,‘नाफा बुकको परिणाम हो’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात १७.१८ अंकले घटेर २ हजार २४०.४१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले घटेर ३९७.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता...

