बिहीबार, श्रावण १४,२०८३ 03:55:52
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 03:55:52
Bizshala
Global IME Bank Limited

शिवम् सिमेन्टको सहायक कम्पनीले पारित गर्यो ११.६० करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव

शिवम् सिमेन्टको सहायक कम्पनीले पारित गर्यो ११.६० करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव
New Office

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्सको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज सम्पन्न भएको उक्त सभाबाट हाल कायम सेयरधनीहरुलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

यस्तै आव २०८०÷८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै कम्पनीको आव २०८१÷८२ को लेखापरक्षिण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरु माथि छलफल गरी साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको कम्पनीले जनाएकाृ छ ।  

शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले नेपाल कै सबै भन्दा ठूलो उत्पादन क्षमता भएको चिनीया विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा संचालनमा रहेको होडशी शिवम् सिमेन्ट प्रालि उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ । उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जल विद्युत परियोजनाहरुमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरु अगाडी बढाइएको कम्पनीले जनाएको छ ।  

त्यसैगरी, शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने सेयरहरु सर्वसाधारणहरुलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र वोर्ड समक्ष निवेदन दर्ता गरिसकेको छ। नेपाल धितोपत्र वोर्डको स्वीकृति प्राप्त भए पश्चात नियमानुसार सर्व साधारणमा सार्वजनिक निष्काशन मार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरुमा समेत लगानी गर्ने विषयमा कम्पनी सञ्चालक समिति र व्यवस्थापन पक्ष लागि रहेको कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.