सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको ३.५५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ५५ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

