यो साता सपोर्ट जोनमा बने रिभर्सल प्रकृतिका क्याण्डल, कस्तो रहँला आगामी साता ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता १९९८ अंकमा बन्द भएको बजार यो साता १९६६.२३ मा बन्द भयो । यस हिसाबले यो साता समग्रमा सेयर बजारमा ३२.५३ अंकको गिरावट आयो । अघिल्लो साता ३३.०३ अंकले बजारमा सुधार आएको थियो । यो साता दोस्रो बजारमा १४.४९ अर्बको कारोबार भयो । अघिल्लो साता बजारमा १४.५७ अर्बबराबरको कारोबार भएको थियो ।...

