शनिबार, बैशाख १३,२०८२ 04:35:59
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 04:35:59
IME remit
Global IME Bank Limited

एक दिन पनि टिकेन नेप्सेको बढोत्तरी, जानकार भन्छन्, ‘पोर्टफोलियो व्यवस्थापन गर्ने उपयुक्त समय’

Hyundai Nepal
एक दिन पनि टिकेन नेप्सेको बढोत्तरी, जानकार भन्छन्, ‘पोर्टफोलियो व्यवस्थापन गर्ने उपयुक्त समय’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३० प्रतिशत अर्थात ३२.८१ अंकले घटेर २ हजार ४८६.७६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१७ प्रतिशतले घटेर ४४७.४५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३९ लाख ९१ हजार ५९६ कित्ता सेयर ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘अहिले अर्थतन्त्रका सबै सूचकहरु सबल छन् । मुद्रास्फिति र ब्याजदर घट्दो अवस्थामा छ । तर पनि बजार एकोहोरो घटेको छ । यसलाई बजारमा ठूलो लगानी नभित्रिएको रुपमा बुझ्न सकिन्छ ।’

केही अल्पकालिन व्यापारीहरु सेयर बजारबाट पैसा लिएर निस्किएको पौडेले बताए । उनको अनुसार सरकारले सेयर बजारको सुधारका लागि नीतिगत रुपमा समेत केही काम गरेको छैन । ‘यसका साथै चाडपर्व र असोज मसान्तका कारणले पनि बजारमा करेक्सन आएको छ । यद्यपी यो समय सेयर बजारबाट भाग्ने भन्दा पनि आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने बेला हो ।’

पौडेलले हाल बुल नसकिएको दाबी गर्दै लगानीकर्तालाई धैर्य रहन समेत आग्रह गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह १.०१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.३० अंकले बढे ।

होटल समूह आज सर्वाधिक घट्यो । यो समूह आज २.३४ प्रतिशतले घट्यो । बैंकिङ समूह आज १.१५ प्रतिशत,विकास बैंक १.१७ प्रतिशत,वित्त २.०७,हाईड्रो २.३०,लगानी १.७०,जीवन बीमा ०.९३,लघुवित्त १.३१,म्युचुअल फण्ड ०.२९,निर्जीवन बीमा ०.७९ र अन्य समूह ०.९७ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४७ करोड ९९ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनएलजी इन्स्योरेन्सको आज १७ करोड ७७ लाख,सिईडिबि हाईड्रोको १४ करोड २५ लाख,सानिमा रिलायन्स लाइफको १३ करोड ८५ लाख र नेपाल फाइनान्सको १३ करोड ३९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको विन नेपाल लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य आज ५.०६ प्रतिशत र मोलुङ हाईड्रोपावरको सेयरमूल्य ३.७४ प्रतिशतले बढ्यो ।  

यो दिन ग्रिन भेन्चर कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । दोर्दीखोला जलविद्युतको सेयरमूल्य आज ७.६९ प्रतिशत,अपि पावरको ७.४९,थ्रिस्टार होटलको ६.७३ र इङ्ग्वा हाईड्रोको सेयरमूल्य ६.६७ प्रतिशतले घट्यो । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.