काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.९३ प्रतिशत र निर्जीवन बीमा समूह ०.७९ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा ४ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ ।
सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.८३ प्रतिशतले बढेर ५५९.५० रुपैयाँ पुगेको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.६४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३९ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.३८ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने कम्पनीमा भने प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.५२ प्रतिशतले घटेर ९३० रुपैयाँ कायम भएको छ । यसका साथै सानिमा जिआइसीको २.३३ प्रतिशत, हिमालयन लाइफको २.२१ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.८८ प्रतिशत, सुर्यज्योति लाइफको १.७३ प्रतिशत, युनाइटेड अजोडको १.४२ प्रतिशत, हिमालयन एभरेष्टको १.३७ प्रतिशत, शिखर इन्स्योरेन्सको १.२५ प्रतिशत, सिटिजन लाइफको १.१५ प्रतिशत, नेपाल लाइफको १.०६ प्रतिशत, एलआइसी नेपालको ०.९६ प्रतिशत, नेपाल रि को ०.९२ प्रतिशत, सन नेपाल लाइफको ०.८९ प्रतिशत, नेशनल लाइफको ०.८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७४ प्रतिशत, आइएमई लाइफको ०.६३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५७ प्रतिशत, एशियन लाइफको ०.४४ प्रतिशत, सलिकोको ०.४० प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.३५ प्रतिशतले सेयरभाउ घटेको छ ।
आज सर्वाधिक सेयर कारोबार हुने टप १० कम्पनीको सूचीमा ३ वटा बीमा कम्पनी परेका छन् । सर्वाधिक एनएलजी इन्स्योरेन्सको १७ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको १३ करोड ८५ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ११ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                