रुरु जलविद्युतको ४४.४४ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि आज( वैशाख ३ गते) समाप्त हुने भएको छ । कम्पनीको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।

