पाँचवटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि सहित ३ को सर्वाधिक कारोबार
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेको सबै उपसूचक आज राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५४ प्रतिशत र...

