झिनो अंकले घट्यो बजार,‘राष्ट्र बैंकको नीति बाधक बन्दा बढ्न सकेन लगानी’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा सीमित भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ३५५.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीका ६४ लाख ८१ हजार ८४३ कित्ता सेयर २ अर्ब ५३...

