हिमालयन बैंकको १३.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून तथा सेयर...

