नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, दुई कम्पनीमा अपर सर्किट
काठमाण्डौ । आजपनि सेयरबजार सामान्य अंकले आरोलो लागेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२३ प्रतिशत अर्थात ६.३१ अंकले घटेर २ हजार ७०५.४५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ४६४.६४ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५५ वटा स्क्रिप्टको १ करोड ७ लाख ८ हजार ५९५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार...

