एकमिनेटमै २२६ कम्पनीको कारोबार, मूल्य घट्ने एउटै कम्पनी बन्यो रिलायन्स
काठमाण्डौ । चुनावी परिणामपछि रास्वपाको नेतृत्वमा प्रचण्ड बहुमतसहितको स्थिर सरकार बन्ने विषयले लगानीकर्ताको मनोबल उच्च भएपछि सोमबार कारोबार खुलेको एक मिनेटमै सेयर बजारमा पोजिटिभ सर्किट लागेको छ । यो क्रममा २२६ कम्पनीको सेयर खरीदबिक्रीमा आएको थियो । कारोबारमा आएका कम्पनीमध्ये २२५ को सेयरमूल्य बढ्यो । तर, अपवादको रुपमा विवादास्पद रिलायन्स स्पिनिंग मिल्स देखियो ।...

