प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
काठमाण्डौ । संसद् विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।मंगलबार बिहान परेको उक्त रिटबारे जानकारी दिँदै सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले हाल अध्ययनको चरणमा रहेको बताए। उनका अनुसार, प्रतिनिधि सभा विघटनविरुद्ध दुईवटा र सरकार असंवैधानिक रहेको दाबीसहित अर्को एक रिट दायर भएको हो।