१३५ सिटको नतिजा आयो: रास्वपा १०४ मा विजयी, दुईतिहाईको यात्रा सहज बन्दै
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा रहेको छ । यो क्रममा १३५ सिटको अन्तिम नतिजा आइसकेको छ । पछिल्लो अपडेटअनुसार १३५ सिटमध्ये १०४ सिटमा रास्वपाले जित हासिल गरेको छ । प्रत्यक्षतर्फ रास्वपालाई निकै ठूलो जनमत प्राप्त गरेको हो । रास्वपाका अगाडि अन्य दल निरीह देखिएका छन् ।

