प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको सपथ शुक्रबार बिहान: संसद विघटन नहुने, गणतन्त्र रहने
काठमाण्डौ । मुलुकमा चुलिएको राजनीतिक संकटबीच राष्ट्रपति रामचन्द्र पौडेल निर्णायक मोडमा पुगेका छन्। बिहीबार मध्यराति शीतल निवासमा भएको घनिभूत छलफलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ । शितल निवासस्थित उच्च स्रोतका अनुसार शुक्रबार बिहान ९ बजे प्रधानमन्त्रीको रुपमा कार्कीले सपथ लिनेछिन् ।

