कांग्रेसका मन्त्रीहरुको सामूहिक राजीनामा आउने
काठमाण्डौ । नेपाली कांग्रेसबाट केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुको सामूहिक राजीनामा आउने भएको छ । एक मन्त्रीका अनुसार सरकारबाट बाहिरिने दबाब बढ्दै गएपछि नेपाली कांग्रेसका मन्त्रीहरू भैंसेपाटीस्थित निवासमा सामूहिक छलफलमा बसेका छन्। सो छलफल सामूहिक राजीनामा गर्ने विषयमा केन्द्रीत रहेको छ ।

