मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ अग्रस्थानमा
काठमाण्डौ । मनाङमा हालसम्मको मतगणना अनुसार कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ भारी मतसहित अग्रस्थानमा रहेका छन्। १ हजार १४७ मत गणना हुँदा उनले ९१४ मत प्राप्त भएका छन्।
TRENDING
काठमाण्डौ । मनाङमा हालसम्मको मतगणना अनुसार कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ भारी मतसहित अग्रस्थानमा रहेका छन्। १ हजार १४७ मत गणना हुँदा उनले ९१४ मत प्राप्त भएका छन्।
काठमाण्डौ । एक मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा जारी मतगणनामा प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। हालसम्म भएको ३४५ मत गणनाअनुसार नेपाल एमालेका उम्मेदवार दीपक धामी ९३ मतसहित अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भरत खड्का ६८ मतसहित दोस्रो स्थानमा छन्।
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र ईरानपश्चात अब आफ्नो ध्यान क्यूबातर्फ केन्द्रित हुने संकेत गरेका छन् । बिहिबार ह्वाइट हाउसमा मियामी फुटबल क्लबको टोली स्वागत गर्दै पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘मार्को रुबियोले उत्कृष्ट काम गरिरहेका छन्। र अब क्यूबा हाम्रो अगाडि लक्ष्य हो।’ उनले थपे, ‘हामी यी सबै कामहरू एकैपटक गर्न सक्छौं, तर धेरै...
काठमाण्डौ । झापा क्षेत्र नं ५ को प्रतिनिधि सभा निर्वाचनको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह अग्रस्थानमा रहेका छन्। अहिलेसम्म प्राप्त मत अनुसार शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन्।
काठमाण्डौ । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विनोद चौधरी पछाडि रहेका छन्। प्राप्त मत अनुसार चौधरी खनालभन्दा करिब १ हजार ९९ मतले पछि छन्। हालसम्म २ हजार ५९३ मत गणना हुँदा खनालले ३ हजार ६९२ मत प्राप्त गरेका छन्।
काठमाण्डौ । डडेलधुराको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा ताराप्रसाद जोशी अग्रस्थानमा देखिएका छन्। जिल्लाको मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार हालसम्म २ हजार ६ सय मत गणना भइसकेको छ।
काठमाण्डौ । लमजुङमा जारी मतगणनामा गमप्रसाद गुरुङ अग्रस्थानमा देखिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार गुरुङले हालसम्म ७७९ मत प्राप्त गरेका छन्।त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसी ७३८ मतसहित दोस्रो स्थानमा रहेका छन्। कांग्रेसका गुरुङ र रास्वपाका केसीबीच ४१ मतको अन्तर रहेको छ।
काठमाण्डौ । रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार राजेश कुमार चौधरी अग्रस्थानमा देखिएका छन्। प्राप्त विवरणअनुसार चौधरीले ७०६ मत प्राप्त गरेका छन्।
काठमाण्डौ । डोटी जिल्लामा सम्पन्न निर्वाचनको मतगणना सुरु गरिएको छ। जिल्लाका १८१ वटै मतदान केन्द्रबाट संकलित मतपेटिका कडा सुरक्षा व्यवस्थाका बीच जिल्ला सदरमुकाम सिलगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएपछि मतगणना प्रक्रिया प्रारम्भ गरिएको हो।
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा जारी मतगणनामा रवि लामिछानेले फराकिलो अग्रता कायम गरेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति हुन्।
दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले उल्लेख्य मतान्तरसहित अग्रता बनाएका छन्।जारी मतगणनाको पछिल्लो अवस्थाअनुसार रास्वपाका सहमहामन्त्रीसमेत रहेका उम्मेदवार आचार्यले १ हजार ८०० मत प्राप्त गरेका छन्।
काठमाण्डौ । नेपाली कांग्रेस प्रारम्भिक मतपरिणामअनुसार एउटा क्षेत्रमा जित हासिलसहित १२ स्थानसहित दोश्रो स्थानमा देखिएको छ ।हालसम्म देशका विभिन्न ८४ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसमध्ये दुईवटा क्षेत्रको अन्तिम परिणाम नै आइसकेको छ । काठमाण्डौ १ बाट रास्वपा र मुस्तांग १ बाट कांग्रेसका उम्मेद्वारी विजयी यात्रा सुरु गरिसकेका छन् ।
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम मतपरिणाम सार्वजनिक भएपछि अधिकांश उम्मेदवारले आफ्नो जमानत जोगाउन नसकेको देखिएको छ। सो क्षेत्रमा प्रतिस्पर्धा गरेका २९ जना उम्मेदवारमध्ये विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्र आवश्यक मत प्राप्त गर्दै धरौटी जोगाउन सकेका छन्।निर्वाचन कानुनअनुसार पहिलो हुने निर्वाचित हुने...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र सूर्य थापा प्रारम्भिक मतगणनाका क्रममा निकै पछाडि देखिएका छन् । प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिएका सूर्य थापा प्रारम्भिक मतपरिणाममा पाँचौ स्थानमा सीमित भएका देखिएको छ ।
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन अन्तरगत हिजो भएको मतदानपछि आज देशभरका निर्वाचन क्षेत्रहरुमा मतगणना कार्य जारी रहेको छ । मतगणना सुरु भएर प्रारम्भिक मतपरिणाम सार्वजनिक भइसकेका ६८ वटा निर्वाचन क्षेत्रमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेद्वारले अग्रता लिइरहेका छन् । रास्वपाले ६८ निर्वाचन क्षेत्रमध्ये ५१ वटामा अग्रता लिएको छ भने एउटा क्षेत्रमा...
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट पहिलो जित हात पारेको छ। कांग्रेसका उम्मेदवार योगेश गौचनले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्दै विजयी भएका हुन्।
डडेलधुरा । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले प्रारम्भिक मतगणनामा अग्रता लिएको छ।पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार नैनसिंह महरले ३०७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. तारा जोशीले १०५ मतसहित पछ्याइरहेका छन्।
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनाले यसपटकको चुनावमा नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो उपस्थिति देखिएको छ। विभिन्न दलका अध्यक्ष तथा शीर्ष नेताहरू नै आफ्ना निर्वाचन क्षेत्रमा पछि पर्न थालेपछि राजनीतिक वृत्तमा ठूलो चर्चा सुरु भएको छ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रारम्भिक मतगणनामा अमरेशकुमार सिंहभन्दा तेब्बर मतले पछाडि परेका छन् । प्रारम्भिक मतपरिणामअनुसार सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थापाले ५३६ मत प्राप्त गरेका छन् । रास्वपाबाट सो क्षेत्रमा चुनाव लडेका अमरेशकुमार सिंहले १९०८ मत प्राप्त गरेका छन् ।
मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रारम्भिक मतगणनामा निकै पछि परेका छन्।पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले ३ हजार ४२३ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएकी छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.