आईतवार, बैशाख ६,२०८३ 11:46:52
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:46:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पक्राउ पुर्जी जारी भएपछि देउवाको प्रतिवाद : ‘भ्रामक र झुटा प्रचार, मेरो जीवन खुला पुस्तक हो’

Bizshala
पक्राउ पुर्जी जारी भएपछि देउवाको प्रतिवाद : ‘भ्रामक र झुटा प्रचार, मेरो जीवन खुला पुस्तक हो’
Shivam Cement

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि देउवाले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आरोपलाई ‘भ्रामक र झुटा प्रचार’ भनेका छन् ।

देउवाले आफू र परिवारको सम्पत्ति विवरण सार्वजनिक पदमा रहँदा सरकारी निकायमा यथार्थ रूपमा पेश गरेको उल्लेख गर्दै सबैलाई अतिरञ्जित सूचनाबाट भ्रममा नपर्न अपिल गरेका छन् । उनीहरू हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको पनि उनले जानकारी दिएका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

देउवाले फेसबुकमा जारी गरेको वक्तव्यमा भनेका छन्, “म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चार माध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।”

उनले थप भनेका छन्, “नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु । मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ । बास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।”

CG Motors
Garima Development Bank
IME remit

देउवाको मुख्य तर्क

-सार्वजनिक पदमा रहँदा कानुनबमोजिम सम्पत्ति विवरण सरकारी निकायमा बुझाएको ।

-जीवनभर लोकतन्त्र, विधिको शासन र पारदर्शिताका लागि संघर्ष गरेको ।

-गृहमन्त्री हुँदा २०४८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री भएका बेला २०५९ मा भ्रष्टाचार निवारण ऐन ल्याएको ।

-हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचार जारी रहेको ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी लिएको हो । उनीहरू हाल विदेशमा भएकाले पक्राउ गर्न नसकिएको र इन्टरपोल नोटिस जारी गर्ने प्रक्रिया अघि बढेको सम्बन्धित स्रोतहरूले जनाएका छन् ।

यो घटनाले राजनीतिक वृत्तमा चर्चा बढाएको छ । देउवाले भने आरोपलाई अस्वीकार गर्दै तथ्य र कानुनी प्रक्रियामाथि विश्वास व्यक्त गरेका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.