आफ्नो विषयमा भ्रम फैलाइएपछि बोलिन् सुमना, 'म अन्तरिम सरकारको मन्त्री बन्न लागेको होइन'
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आफू अन्तरिम मन्त्रिपरिषद्मा सहभागी नहुने स्पष्ट गरेकी छिन्। तर उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सफल बनाउन पृष्ठभूमिबाट सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

