महेश बस्नेतलाई पक्रन सादा पोशाकमा प्रहरी खटाइयो, सूइको पाएका बस्नेत एकाएक भूमिगत
काठमाण्डौ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको विषयले राजनीतिक वृत्तमा थप तरंग पैदा गरेको छ। सुरक्षा स्रोतहरूका अनुसार बस्नेतलाई नियन्त्रणमा लिन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। आफूविरुद्ध पक्राउको तयारी भइरहेको संकेत पाएपछि उनी सार्वजनिक रूपमा नदेखिने गरी ‘भूमिगत’ भएको बताइन्छ, यद्यपि यसबारे आधिकारिक पुष्टि...

