Bizshala
  • आईतवार, चैत्र १५,२०८२ 10:47:14
Bizshala
Global IME Bank Limited

महेश बस्नेतलाई पक्रन सादा पोशाकमा प्रहरी खटाइयो, सूइको पाएका बस्नेत एकाएक भूमिगत

Hyundai Nepal
महेश बस्नेतलाई पक्रन सादा पोशाकमा प्रहरी खटाइयो, सूइको पाएका बस्नेत एकाएक भूमिगत
Shivam Cement

काठमाण्डौ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको विषयले राजनीतिक वृत्तमा थप तरंग पैदा गरेको छ। सुरक्षा स्रोतहरूका अनुसार बस्नेतलाई नियन्त्रणमा लिन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। आफूविरुद्ध पक्राउको तयारी भइरहेको संकेत पाएपछि उनी सार्वजनिक रूपमा नदेखिने गरी ‘भूमिगत’ भएको बताइन्छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भने छैन।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

जानकारीअनुसार बस्नेतलाई पक्राउ गर्ने प्रयास हिजो नै सुरु गरिएको थियो। सुधन गुरुङ नेतृत्वमा गृहमन्त्रालयले प्रहरी महानिरीक्षक (आईजीपी)हरूसँग सिंहदरबारमा करिब दुई घण्टा लामो छलफल गरेको थियो। सो बैठकमा बस्नेतलाई कुन कानुनी आधारमा पक्राउ गर्ने भन्ने विषयमा गहन परामर्श भएको बताइएको छ।

सरकार पक्षका अनुसार नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा गरिरहेको आन्दोलनलाई ‘अराजक’ बनाउने भूमिकामा बस्नेत संलग्न रहेको निष्कर्ष निकालिएको छ। गृहमन्त्री गुरुङले बस्नेतमाथि कारबाही गर्नुपर्ने पक्षमा स्पष्ट धारणा राखेको स्रोतको दाबी छ। साथै, बस्नेतले गृहमन्त्री र सरकारका जिम्मेवार अधिकारीहरूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै आएको आरोप पनि लगाइएको छ।

यसैबीच, बस्नेतविरुद्ध कानुनी दबाब पनि बढेको देखिएको छ। आइतबार शोभा पाठक नामकी एक व्यक्तिले काठमाडौंस्थित सरकारी वकिल कार्यालय पुगेर बस्नेतविरुद्ध नयाँ उजुरी दर्ता गराएकी छन्। उनले बस्नेतमाथि करणी, भ्रूण हत्या र बलात्कारसम्बन्धी गम्भीर आरोप लगाउँदै मुद्दा दर्ता गराएकी बताइएको छ। पाठकले बस्नेत हालसम्म शक्तिकेन्द्रहरूको संरक्षणका कारण कारबाहीबाट जोगिँदै आएको आरोपसमेत लगाएकी छन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उता, बस्नेतलाई पक्राउ गर्ने तयारीको खबरसँगै च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा तनावपूर्ण अवस्था देखिएको छ। राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरू ठूलो संख्यामा त्यहाँ भेला भएका छन्। सम्भावित गिरफ्तारीको विरोध र पार्टी नेतृत्वको समर्थनमा उनीहरू सक्रिय देखिएका छन्।

हालसम्म प्रहरीले औपचारिक रूपमा बस्नेतविरुद्धको अभियोग सार्वजनिक नगरे पनि पछिल्ला राजनीतिक गतिविधि, आन्दोलन र व्यक्तिगत आरोपहरूका कारण घटनाक्रम झन् पेचिलो बन्दै गएको छ। आगामी दिनमा यसले राष्ट्रिय राजनीतिक परिदृश्यलाई थप प्रभावित गर्ने संकेत देखिएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.