बिहीबार, बैशाख ३१,२०८३ 05:45:06
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:45:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सरकारको एकपछि अर्को एक्सन: ओली, प्रचण्ड र देउवाविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान सुरु

Laxmi Sunrise Bank Limited
सरकारको एकपछि अर्को एक्सन: ओली, प्रचण्ड र देउवाविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान सुरु
Shivam Cement

काठमाण्डौ । मुलुकका तीन पूर्वप्रधानमन्त्रीसहित उच्च तहका नेताहरूको सम्पत्ति र आयस्रोतबारे व्यापक छानबिन सुरु भएपछि राजनीतिक वृत्तमा ठूलो तरंग उत्पन्न भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (DMLI) को निर्देशनपछि नेपाल प्रहरीले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवामाथि पनि औपचारिक रूपमा अनुसन्धान अघि बढाएको हो।

प्रहरी स्रोतका अनुसार तीनै पूर्वप्रधानमन्त्रीका साथै पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका चल–अचल सम्पत्ति, बैंकिङ कारोबार र आम्दानीका स्रोतबारे विस्तृत छानबिन भइरहेको छ। यसै क्रममा आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान विस्तार गरिएको बताइएको छ।

Bizshala
New Office
CG Motors

‘जलेका नोट’बाट सुरु भयो अनुसन्धान

गत भदौ २४ गते भएको आगजनी घटनापछि देउवा, दाहाल र खड्काको घरबाट जलेका नोटका टुक्रा फेला परेपछि अनुसन्धानको दिशा मोडिएको जनाइएको छ। सो घटनाले शंकास्पद आर्थिक गतिविधि देखिएको भन्दै विभागले विस्तृत अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई जिम्मा दिएको हो।

दीपक खड्का पक्राउ, म्याद थपको तयारी

यसै प्रकरणमा कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई आइतबार बिहान बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरिएको छ। CIB ले विभागकै पत्रका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। आजै जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

शीर्ष नेतासम्म अनुसन्धानको दायरा

प्रारम्भिक अनुसन्धानमा ‘कैफियत’ देखिएपछि विभागले तत्कालीन उच्च पदस्थ व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरेको थियो। सोही आधारमा अहिले पूर्वप्रधानमन्त्रीहरू समेत अनुसन्धानको घेरामा परेका हुन्।

संवेदनशील मोडमा राजनीति

देशका शक्तिशाली राजनीतिक नेतृत्वमाथि एकैसाथ सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढ्नुले राष्ट्रिय राजनीतिमा गम्भीर बहस सुरु भएको छ। पारदर्शिता, उत्तरदायित्व र शक्तिको दुरुपयोगबारे प्रश्नहरू उठ्न थालेका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.