उद्योग वाणिज्य महासंघमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना, बाह्य बजारसँग प्रतिस्पर्धी हुने तयारी बढाउन अध्यक्ष ढकालको आग्रह
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् । अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।

