स्वास्थ्य बीमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थप्ने स्वास्थ्य मन्त्रीको प्रस्ताव स्वीकृत
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न जनशक्ति अभावमा देखिएको समस्या हल गर्न अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेको छ ।गत बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट बोर्डका लागि ४०२ जना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र...

