लाभांशको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी फागुन ३ गते बिहिबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ।